काठमाडौंका जलासयमा धमाधम बनाइँदैछ छठघाट (तस्वीरहरु)

२० कात्तिक, काठमाडौं । मंगलबार सुरु भएको छठ पर्वका लागि काठमाडौं उपत्यकाका जलासयहरुमा पनि तयारी सुरु भएको छ ।
छठपर्वको अवसरमा बिहीबार बेलुका अस्ताउँदै गरेको सूर्यलाई र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । त्यसमा पनि बिहीबार बेलुका सूर्यास्त हुने बेलाको पूजालाई विशेष मानिन्छ ।
त्यसका लागि जलासयहरुमा पूजा सामग्री, फलफूल आदि जम्मा गरेर छटघाट निर्माण गरिन्छ । आआफ्नो पूजास्थललाई विशेष श्रृङ्गार गर्ने प्रचलन छ । काठमाडौंमा बसोबास गर्ने मधेशी समुदायले यहीँका जलासयमा पूजा गर्ने गर्छन् ।
यहाँ पूजा गर्नेको संख्या बढ्दै गएको छ । त्यसैले बागमती नदीमा गौरीघाट, थापाथली आदि क्षेत्रमा छठघाट निर्माण गरिन्छ भने कमलपोखरीजस्ता जलासयहरुमा पनि छठघाट बनाइन्छ ।
छठको मुख्य पूजा हुन दुई दिन बाँकी रहँदा काठमाडौंको गुह्येश्वरीस्थित बागमती नदीमा र कमलपोखरीमा धमाधम छठघाट बनाइँदैछ । फलामले बारेर माथि छानो राखेर पूजा गर्ने खण्डखण्ड बनाइएको छ । एउटा खण्ड एउटा परिवारलाई छुट्याउने गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
– यस समाचारको श्रोत : Online Khabar हो ।