Main

काठमाडौंसहित देशका ३ जिल्लामा ५ जनाको शव फेला

८ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा ३ जनाको शव फेला परेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको गोकर्णेश्वर, टोखा र दक्षिणकाली नगरपालिकामा ती शव फेला परेका हुन् ।

फेला पर्नेमा काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई, काठमाडौं, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई सोही पसलको सटर अगाडि र काठमाडौं, दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो । उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै सिन्धुपाल्चोको सुनकोशी गाउँपालिकामा पनि एक पुरुषको शव फेला परेको छ । फेला पर्नेमा सुनकोशी गाउँपालिका ५, रतनकोट बस्ने ७० वर्षीय टीकाबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । उनको शव त्रिपुरासुन्दरी गाउँपालिका-३ तारकेनीस्थित हुन्दुङ खोल्साको किनारमा फेला परेको थियो ।

त्यस्तै दाङ, घोराहीमा पनि एकजनाको शव फेला परेको छ । घोराही उपमहानगरपालिका-१२ डाँडा गाउँ बस्ने ५२ वर्षीय बुद्धिराम चौधरी सोही ठाउँस्थित कुलोको छेउमा शव फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । भेटिएका शवबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button