Main

काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटियो

१४ चैत, काठमाडौं । काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला परेको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ ।

सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ ।

उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button