Main

काठमाडौं वसन्तनगरमा बन्यो मंगलादेवी ज्येष्ठ नागरिक पार्क

१० भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका-११, वसन्तनगरमा बनेको उक्त पार्कको उद्घाटन गरेका हुन् ।

पार्क बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको बजेटमा पार्क निर्माण भएको हो । `नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो ।´

नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्धनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए ।

पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका-११ ले गर्ने वडाध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button