Main

कान्तिपुर सिनेमाजले थाल्यो मिनी सिरिज ‘द नाइट डायरिज’को निःशुल्क स्ट्रिमिङ

काठमाडौं । नेपाली ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजले मिनी सिरिज ‘द नाइट डायरिज’को स्ट्रिमिङ थालेको छ । छोटो कथालाई मिनी सिरिजको शैलीमा विदेशमा रिलिज गर्ने चलन छ । यो शैलीलाई पछ्याउँदै सम्भवतः नेपालमा पहिलोपटक मिनी सिरिजको अवधारणामा यसको स्ट्रिमिङ सुरु गरिएको जनाइएको छ ।

काठमाडौंमा बस्ने चार युवक र चार युवतीको एक रातको कथा यसमा समेटिएको छ । किशोरवयको प्रेम, आकर्षण, महत्वाकांक्षा र सपनालाई कथाको केन्द्रमा राखिएको छ ।

कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीको समूहले तयार पारेको मिनी सिरिजमा चार एपिसोड छन् । अहिले चारवटै एपिसोड यो प्लाटफर्मममा बिहीबारदेखि नि:शुल्क स्ट्रिमिङ भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

यो मिनी सिरिजको लेखक तथा निर्देशक सनोल दास हुन् । एकेडेमीका पूर्वविद्यार्थी समेत रहेका उनले छोटा फिल्महरु बनाएका छन् । उनी निर्देशित छोटो फिल्म ‘पखेंटा’ले नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितेको थियो ।

सुन्दर धिताल, सुप्रज्ञा शर्मा, मञ्जिल श्रेष्ठ, नग्मा श्रेष्ठ, नारायण गैरे, प्रिया न्यौपाने, सनोल दास र विना रोक्काले अभिनय गरेका छन् ।

फरक खालका फिल्म, भिजुअल कन्टेन्ट र स्वतन्त्र फिल्ममेकरका लागि सहज बनिरहेको यो प्लाटफर्ममा कथानक, पुरस्कृत सर्ट फिल्म, वेब सिरिज र मिनी सिरिज गरेर अहिलेसम्म २५ प्रिमियम मौलिक फिल्म रिलिज भइसकेका छन् ।



– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button