Main
काभ्रेका वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचार मुद्धा

२६ माघ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका-९का वडाध्यक्ष नृपेश बादेविरूद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले उनीविरूद्ध शुक्रबार भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वडाध्यक्ष वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइएको अवस्थामा पक्राउ गरेको थियो।
उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।