Main

नेपाल हक्की संघद्वारा एपीएफलाई हक्की सामग्री प्रदान

२६ पुस, काठमाडौं । नेपाल हक्की संघले नेपालमा हक्की खेलको विकास र विस्तार गर्ने लक्ष्यसहित सशस्त्र प्रहरी बल नेपाल (विशेष कार्यदल) बंगलामुखी हल्चोकलाई तालिम प्रयोजनार्थ हक्की सामग्री उपलब्ध गराएको छ । साथै नियमित तालिमको लागि संघको तर्फबाट प्रशिक्षक पनि व्यवस्था गरिदिने भएको छ ।

कार्यदलका प्रमुख एसपी समिककुमार महर्जनलाई संघका अध्यक्ष अनिलप्रसाद शर्माले उक्त सामग्री प्रदान गरे ।

नेपालमा हक्की खेलको विकासका लागि संघले एपीएफमा पनि विभागीय टिम बनाउने उद्देश्य राखी नियमित तालिम पनि दिने लागेको हो ।

विभिन्न विद्यालयसंग पनि सहकार्य गरी खेलाडी उत्पादन गर्ने उदेश्य रहेको हक्की संघले जनाएको छ ।

कार्यक्रममा संघको तर्फबाट अध्यक्ष अनिलप्रसाद शर्मा, महासचिव सुवर्ण श्रेष्ठ, सचिव अशिम शर्मा, सदस्य पवनकुमार केसी साथै प्रमुख प्रशिक्षक बिजयन्त शर्मा, प्रशिक्षकहरु रञ्जन थापा, बाबुराम नेपाल र अश्विनी अधिकारीलगायतको उपस्थिति रहेको थियो भने कार्यदलबाट विभिन्न तहका अधिकारीलगायत प्रशिक्षणका लागि करिब २५ जनाको उपस्थिति रहेको थियो हक्की संघले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button