Main

किरण ठंगुन्ना १० लाखमा पोखरामा

२० असोज, काठमाडौं। आक्रामक ब्याटर किरण ठंगुन्ना १० लाख रुपैयाँमा पोखरा राइनोजमा पुगेका छन् ।

न्यूनतम ५ लाख मूल्य राखेका उनलाई किन्न सुदूरपश्चिम, काठमाडौं, चितवन, लुम्बिनी र पोखराबीच प्रतिस्पर्धा भएको थियो ।

अन्तिममा भने पोखरा र लुम्बिनी रहेका थिए । चिट्ठाबाट पोखराले पाएको हो।

सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने किंरण ठूला सटको लागि चिनिन्छन् । नेपाल ए बाट उनले खेली सकेका छन् ।

गतवर्ष प्रधानमन्त्री कपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button