Main

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरु)

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ । नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गरेको नेपालले उसलाई कम स्कोरमा नै रोकेको छ ।

कीर्तिपुर मैदानमा शनिबार दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उनीहरु हुटिङ गरेर नेपाली खेलाडीलाई हौसला बढाइरहेका छन् । क्रिकेट मैदानको प्याराफिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् । पछिल्ला दिनहरुमा नेपालले कीर्तिपुर मैदानमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।

नामिबिया, नेदरल्याण्डस र नेपाल सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टू मा नेपालले खेलेका चारमध्ये तीन खेलमात्र जितेको थियो । टी-२० आई सिरिजमा पनि नेपालले खेलेका तीनमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button