Main
कुखुरा बोक्ने गाडीलाई महानगरले तिरायो १५ हजार जरिवाना
२३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुखुरा बोक्ने एक सवारीका धनीलाई १५ हजार जरिवाना गरेको छ । काठमाडौं–१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने सवारीसाधनले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै जरिवाना गरेको हो । सवारी धनी राजकुमार ढुंगानालाई कारबाही गरिएको महानगरले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।