Main
कुटपिटबाट युवकको मृत्यु
६ कात्तिक, झापा। बिर्तामोड नगरपालिका–५ मा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। बुधबार राति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशीको मृत्यु भएको हो। राजवंशी र केही व्यक्तिबीच झगडा हुँदा उनीमाथि कुटपिट भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। कुटपिटबाट घाइते राजवंशीलाई उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।…
– यस समाचारको श्रोत : Online Khabar हो ।