Main
कुपण्डोलमा बीच सडक फुटेर पानी निस्कियो, सडक नै भासियो (तस्वीरहरु)

२९ भदौ, काठमाडौं । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ ।
कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ ।
सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।
पानी निस्किएका कारण सडक नै भासिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।