कुलेश्वरका खाद्यान्न गोदाममा पस्यो बागमतीको बाढी (तस्वीरहरू)

११ असोज, काठमाडौं। बागमती नदी किनाराका बल्खु, कुलेश्वरलगायत क्षेत्रका घर, खाद्यान्न गोदाममा बाढी पसेको छ।
बागमती नदीमा आएको बाढी कुलेश्वरमा रहेको खालान्न गोदाम, घरमा पसेको हो ।
बाढी गोदाममा पसेपछि फलफूल बेच्ने व्यापारी, सर्वसाधारण प्रभावित भएका छन् । उनीहरूले पसल बन्द गर्नु परेको छ ।
बाढी रोड भएरै बग्न थालेपछि सर्वसाधारणलाई रातिको समयमा हिड्न समेत सकस परेको छ ।
देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर उपत्यकाभित्रका नदीहरूमा जलसतहले खतराको तह पार गरेको बताएको छ।
प्रशासकीय अधिकृत सन्देश अधिकारीले शुक्रबार अपराह्न निकालेको सूचनामा नदीहरूको बहाब अझै बढ्ने सम्भावना रहेको उल्लेख छ।
साथै जल तथा मौमस विज्ञान विभागले बागमती नदी, खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु,विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा सतर्कता सतह पार गरेको हुँदा नदी तटीय क्षेत्रहरुमा यात्रा गर्ने र रहनेहरूलाई रातिसम्म सतर्कता रहन अनुरोध गरेको छ ।
हेर्नुहोस् तस्वीरहरू :
– यस समाचारको श्रोत : Online Khabar हो ।