Main

‘वान डायरेक्सन’ ब्याण्डका पपस्टार लियाम पेनेको होटलको तेस्रो तलाबाट खसेर निधन

काठमाडौं । विश्वचर्चित सांगीतिक समूह ‘वन डाइरेक्सन’का पूर्वसदस्य लियाम पेनेको ३१ वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सस्थित एक होटलको तेस्रो तल्लाबाट खसेर पपस्टार पायनेको निधन भएको हो ।

त्यहाँको पालेर्मो भन्ने स्थानमा एक आपतकालिन टोलीले शव फेला पारेपछि प्रहरीलाई यसबारे खबर गरेको थियो । विश्वचर्चित ब्वाय ब्याण्ड ‘वन डाइरेक्सन’मा उनले ह्यारी स्टाइल्स, नियाल होरान र जेन मलिकसँग सहकार्य गरिसकेका छन् । सन् २०१० मा एक्स फ्याक्टर टेलिभिजन शोपछि पेने विश्व चर्चित भएका थिए ।

यस महिनाको सुरुमा पेने ब्याण्डका अर्का सदस्य होरानसँग ब्युनस आयर्समा आयोजित कन्सर्टमा सहभागि थिए । ब्यूनस आयर्सका प्रहरीका अनुसार घटनास्थलमा रहेका अधिकारीले सुरुमा ‘लागूऔषध र मदिराको प्रभावमा परेको हुनसक्ने आक्रामक मानिस’को रिपोर्टमा प्रतिक्रिया दिइरहेका थिए ।

जब तिनीहरू होटलमा आइपुगे, अधिकारीले भित्री आँगनमा ठूलो आवाज सुनिएको बताइएका थिए । केही समयपछि उनीहरुले त्यहाँ शव फेला पारे । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

आपतकालीन चिकित्सा सेवाका निर्देशक अल्बर्टो क्रिसेन्टीले स्थानीय मिडियालाई बताएअनुसा पेनेलाई ‘गम्भीर चोट’ लागेको छ र पोस्टमार्टम पनि गरिनेछ ।

पेनेले घटना हुनुभन्दा केही घन्टाअघि स्न्यापच्याटमा पोष्ट गर्दै भनेका थिए- अर्जेन्टिनामा आजको दिन राम्रो छ ।’

बेलायतको विदेश कार्यालयले यो घटनाबारे अर्जेन्टिनाका अधिकारीसँग सम्पर्कमा रहेको जनाएको छ । थप विवरण दिइएको छैन ।

मृत्युको खबर फैलिएपछि, फ्यान ब्यूनस आयर्सको होटल बाहिर भेला हुन थालेका थिए जहाँ मृत्यु भएको थियो । उनको सम्झनामा कतिपयले मैनबत्ती बालेका छन् । सामाजिक संजालमा पनि समवेदना व्यक्त भैरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button