Main

के तपाईंलाई शरीरका यी अंगको नाम थाहा छ ?

हाम्रो शरीमा कतिपय यस्ता अंगहरू छन् जसको नाम हामीलाई थाहै नहुन सक्दछ । अझ कतिपय अंगहरुको त नेपाली नाम नै छैन । केही अंगहरु यस्ता हुन्छन् कि ती अंगको काम नै नपर्ने भएको हुनाले हामीले नाम सोच्ने झण्झट नै गर्दैनौं ।

हाम्रो शरीरमा भएका यस्तै ५ वटा अंगका अंग्रेजी नाम यस्ता छन् । यी अंगका नेपाली नाम चाहिं सायद जुराउनै बाँकी होला ।

  • हाम्रो दुईवटा आँखिभौंको बीचमा रहेको निधारको कोमल खाली भागलाई के भनिन्छ ? यसको अंग्रेजी नाम चाहिं Glabella हो ।
  • तपाईंको पनि आफ्नो माथिल्लो ओठमा नाकको तलपट्टि एउटा सानो खाल्डो परेको भाग छ नै होला । त्यसको पनि नाम छ, त्यो हो Philtrum ।
  • तपाईंलाई आफ्नो कुहिनामा निस्किएको हड्डीको चुच्चो भागलाई के भनिन्छ थाहा छ ? सायद छैन होला । यसको नाम Olecranon हो ।
  • खुट्टाको बुढीऔंलाको पनि छुट्टै नाम छ भन्ने कुरा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो दुनियाँमा नामै नहुने को पो छ र ? त्यसैले खुट्टाको बुढीऔँलाको नाम hallux राखिएको छ ।
  • तपाईंको काँधको हड्डी जुन पछाडि ढाडसम्म फैलिएको हुन्छ, त्यो एउटा चौडा पातो जस्तो जस्तै हुन्छ । त्यसको नाम के होला ? वास्तवमा त्यो चौडा हड्डीको नाम scapula हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button