Main

के रवि लामिछाने पक्राउ पर्दै छन् ? 

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडाैँ उपलब्ध कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुनु आदेश जारी गरेकाे छ।

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने प्रक्राउ पर्ने भयपछि रास्वपाका नेताहरुले आफूनिकट सबै कार्यकर्ताहरुलाई उपस्थित हुन भनेका हुन्।

उपसभापति डाेलप्रसाद अर्यालकाे सचिवालयले भन्याे, ‘सभापतिज्यूले सबै नेतालाई आ-आफ्नाे ठाउँबाट कार्यकर्ता पार्टी कार्यालयमा बाेलाउनु भन्ने कुरा त आएकाे हाे, अरु के खसै थाहा भएन, पार्टी संठनमा बुझ्नु न।’

त्यस्तै साे पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्राैला (टीका)ले पनि सामाजिक सञ्जालमा जरुरी सूचना जारी गर्दै सबै कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन भनेकी छन्।

शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेकाे विपक्षी दलहरुकाे बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रवि लामिछाने पक्राउ पर्न सक्ने सूचना दिएपछि रास्वपामा तरङ्ग फैलिएकाे छ।

रास्वापका केही नेताहरु अहिले धमाधम बनस्थलीस्थित पार्टी कार्यालयतिर गइरहेका छन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button