Main

कैलालीमा ९ लाख रुपैयाँको अवैध सामान बरामद

२९ साउन, धनगढी । कैलालीमा ९ लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–१७ पटेला लगायतका विभिन्न स्थानबाट ९ लाख ५८० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले भारतबाट विभिन्न नाकाहरुबाट भन्सार छली गरी ल्याएको सुट, भाइरल सारी, विभिन्न ब्रान्डका सारी, गम्छा, कुर्ती, धोती, मोबाइलका विभिन्न पाटपुर्जाहरु, मोबाइल मर्मत गर्ने मेसिन लगायतका सामान बरामद गरिएको जानकारी दिए ।

यस्तै घडी, टर्च लाइट, पावर बैंक, पेटिकोट र साइकल लगायतका सरसामान, लत्ताकपडाहरु पनि वेवारिसे अवस्थामा फेला पारेर बरामद गरिएको कार्कीले बताए । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button