कोपा अमेरिकाको लागि ब्राजिलको टोली घोषणा, नेमार अटाएनन्

२९ बैशाख, काठमाडौं । आगामी जुनमा अमेरिकामा आयोजना हुने कोपा अमेरिका २०२४ का लागि ब्राजिलको टोली घोषणा भएको छ ।
तर टोलीमा पूर्व कप्तानहरु नेमार र कासेमिरोहसित गाब्रीएल जेसस, रिचार्लिसन जस्ता खेलाडीहरु भने अटाएनन् । कोपा अमेरिका जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा हुनेछ ।
ब्राजिल फुटबल संघले शुक्रबार कोपा अमेरिका र त्यसअघिका दुई मैत्रीपूर्ण खेलका लागि टोली घोषणा गरेको हो ।
जहाँ गोलकिपर एलिनन, डिफेण्डर मार्क्विन्होस र डानिलो अनुभवी खेलाडीको रुपमा छन् ।
कोपा अमेरिका अघि ब्राजिलले मेक्सिको र अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छन् । यसपटक कोपा अमेरिकामा दक्षिण अमेरिकाका १० र उत्तर, मध्य र क्यारेबियन क्षेत्रका ६ गरी कूल १६ टोलीको सहभागिता हुनेछ ।
२३ सदस्यीय टोलीमा ब्रानिजलका लागि १२८ खेलमा ७९ गोल गरेमा स्टार खेलाडी नेमार भने कोपा अमेरिका खेल्ने टिममा छैनन् । यस्तै ७५ खेल खेलिसकेका कासेमिरो पनि अटाएनन् ।
ब्राजिलको टिममा प्रिमियर लिगमा खेल्ने ९ र ला लिगामा खेल्ने ६ खेलाडी छन् । यस्तै ब्राजिलियन लिग खेल्ने ३ खेलाडी छन् भने फ्रान्स र पोर्चुगलमा लिग खेल्ने एक-एक तथा इटालियन सिरी ए खेल्ने एक खेलाडी छन् ।
स्पानिस ला लिगामा रियल मड्रिडबाट खेल्ने भिनिसियस जुनियर र रोड्रिगो मुख्य फरवार्डको रुपमा छन् । यस्तै बार्सिलोनाका राफिन्हा र आर्सनलका गाब्रीएल मार्टिनेली टिममा छन् । आउने सिजन रियल मड्रिड जाने तयारीमा रहेका स्ट्राइकर एन्डरिक पनि टोलीमा छन् भने डेब्यु गर्न बाँकी इभानिल्सन पनि पहिलो पटक टिममा परेका छन् ।
गोलकिपरमा प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्ने एलिसन र म्यानचेष्टर सिटीबाट खेल्ने एन्डरसन छन् ।
मिडफिल्डरमा प्रिमियर लिग खेल्ने खेलाडीहरु छन् । वेष्टहमका लुकास पाक्वेयता, न्युक्यासन युनाइटेडका ब्रुनो गमाइरेज, एस्टन भिलल्का डुगलास लुइज, फुलहमका आन्द्रेस परेइरा र वल्भ्सका जाआओ गोमेज छन् ।
न्युक्यासलका मिडफिल्डर ब्रुनो गुइमारेज, एस्टन भिल्लाका डुग्लास लुइस, फुलहमका आन्द्रेस परेरा, उल्भ्सका जोआओ गोमेस र वेष्टहमका लुकास पाक्वेटा टोलीमा स्थान बनाउन सफल भए ।
ब्राजिलियन टोली
गोलकिपर : एलिसन बेकर, एन्डरसन, बेन्टो
डिफेण्डर : मार्क्विन्होस, डानिलो, एडर मिलिटाओ, गाब्रीएल मागालहाएस, गुइलहेर्मे अराना, यान कोएटो, लुकास बेराल्डो, वेन्डेल
मिडफिल्डर : लुकास पाक्वेयता, ब्रुनो गमाइरेज, डुगलास लुइज, आन्द्रेस परेइरा, जाआओ गोमेज
फरवार्ड : भिनिसयस जुनियर, राफिन्हा, रोड्रिगो, गाब्रीएल मार्टिनेली, एन्डरिक, साभियो, इभानिल्सन
– यस समाचारको श्रोत : Online Khabar हो ।