Main

कोलकाताका कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना

५ वैशाख, काठमाडौं ।  कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ ।

मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्वलो ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।

जारी आईपीएलमा स्वलो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् । कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्का सहित सर्वाधिक १०९ रन बनाएका थिए ।

कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button