Main

कोशीका अर्थमन्त्री भन्छन् : केन्द्रले दिने अनुदान घटेपछि बजेटको आकार घटायौं

१ असार, विराटनगर । कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले संघीय सरकारले पठाउने अनुदान घटेकाले प्रदेशको बजेटको आकार घटेको बताएका छन् ।

शनिबार उनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा ३५ अर्ब २७ करोड रुपैयाँको बजेट प्रस्तुत गरे । जुन चालु आर्थिक वर्षको भन्दा १ अर्ब रुपैयाँ कम हो ।

बजेट प्रस्तुत गरेपछि प्रदेशसभाबाहिर पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले संघीय सरकारले दिने अनुदान घटेको र प्रदेशले पनि लक्ष्य अनुसार राजस्व उठाउन सक्ने अवस्था नदेखिएकाले बजेटको आकार घटाएको बताए ।

‘हामीलाई केन्द्रबाट आउने विभिन्न अनुदान घटेका छन् । यो चोटी पनि पूर्ण रुपले आउने अवस्था छैन । हाम्रो आन्तरिक राजस्वको लक्ष्य पनि पूरा हुने अवस्था छैन’, उनले भने ।

त्यस्तै प्रदेशले खर्च गर्न नसकेको बजेट आगामी साउनमा संघीय सरकारलाई पठाउनुपर्नेमा यस वर्ष असारभित्रै पठाउनुपर्ने भएपछि बजेट घटेको मगरले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button