Main

कोशी अस्पतालबाट भागेका कैदी पक्राउ

२४ साउन, विराटनगर । विराटनगरको कोशी अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी अस्पतालबाट भागेका कैदी विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमदलाई बुधबार पक्राउ गरेको हो ।

नेपाल–भारत सीमानजिक मोरङको जहदा गाउँपालिका–१ तारेगामबाट अहमदलाई पक्राउ गरिएको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका अहमद साउन १७ गते बिहान अस्पतालबाट फरार भएका थिए ।

उनलाई उपचारका लागि साउन १५ गते कोशी अस्पताल भर्ना गरिएको थियो।

उनलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button