Main

को बन्ला ‘युट्युब किङ’ : मिस्टर बिस्टले दिए टी–सिरिजका सीईओलाई बक्सिङको चुनौती

काठमाडौं । एकातिर भारतीय म्युजिक लेबल कम्पनी टी-सिरिज र अर्कोतिर- मिस्टर बिस्ट । यी दुई विश्वमा सर्वाधिक पछ्याइने युट्युबर एकाउन्ट हुन् ।

टी-सिरिजलाई युट्युबमा २६ करोड ५० लाख जनाले पछ्याएका छन् । मिस्टर बिस्टलाई २५ करोड ८३ लाखले पछ्याएका छन् । यी दुईबीच ६६ लाख ७९ हजार सब्सक्राइबरको भिन्नता छ ।

युट्युब स्टार मिस्टर बिस्टले शुक्रबार बिहान गरेको ट्वीटले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएको छ । उनले फलोअर्सको भिन्नताको फोटो पोस्ट गर्दै टी-सिरिजका कार्यकारी अधिकृतलाई बक्सिङको निम्तो दिएका छन् ।

उनले लेखेका छन्, ‘मैले बक्सिङ म्याचका लागि टी-सिरिजका सीईओलाई चुनौती दिन चाहन्छु ।’ मिस्टर बिस्टको यस्तो ट्वीटपछि प्रशस्तै प्रतिक्रिया प्राप्त भएका छन् । कतिपयले यी दुईबीचको बक्सिङ प्रतिस्पर्धा रोचक हुने उल्लेख गरेका छन् ।

मिस्टर बिस्टको यो चुनौती टी-सिरिजका सीईओ भूषणकुमार दुआतिर सोझिएको छ, जो कम्पनीका अध्यक्ष र व्यवस्थापक पनि हुन् । बुवाको निधनपछि सन् १९९७ मा भूषणले कम्पनीको जिम्मा सम्हालेका थिए ।

उनका बुवा गुल्सन कुमार चर्चित बलिउड निर्माता तथा निर्देशक हुन् । तुम बिन, भुलभुलैया र पाटियाला हाउसबाट उनी चर्चित छन् ।

युट्युब स्टारबीचको यो लडाइँको युट्युबको ‘राजा’ बन्ने भन्नेमा केन्द्रित छ । मिस्टर बिस्टले आफू लामो समयदेखि युट्युबप्रति प्रतिबद्ध रहेको भन्दै राजा बन्ने चाहना व्यक्त गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button