Main

बाढीले क्षति पुर्‍याएका काभ्रेमा खानेपानी संरचनाको काम फास्ट ट्र्याकमा काम गर्छौं: मन्त्री यादव

१ कात्तिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौती, बनेपा र धुलिखेल नगरपालिकामा क्षति गरेका खानेपानी मन्त्रालय अन्तरगत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने बताएका छन् ।

गएको असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेका विभिन्न खानेपानी मुहान संरचनामा भएको क्षतिको जानकारी लिन बिहीबार स्थलगत अवलोकनमा पुगेका थिए ।

सोही क्रममा मन्त्री यादवले भने, ‘मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गछौँ, अन्य विषयतगका कामहरु आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउँछौँ ।’
पनौती लगायतका क्षेत्रमा अस्थायी रुपमा अहिले पानी आइरहेको भएपनि त्यो अस्थायीमात्रै भएको र फेरी वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालीन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए ।

सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालय अन्तरगत नपर्ने तथा सहरी विकास मन्त्रालय अन्तरगत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफूले सहरी विकास मन्त्रालयसँग सल्लाह गर्ने बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button