पर्वतको लोप्रे गाउँ जहाँ आँखै अगाडि हिमाल देख्न सकिन्छ (तस्वीरहरू)

१९ माघ, पर्वत । पर्वतको लोप्रे मगर समुदायको बाहुल्य रहेको गाउँ हो । जलजला गाउँपालिका-५ मा पर्ने यो गाउँ पुग्न बेनीबाट १३ किलोमिटरको दूरी पार गर्नु पर्छ। पोखराबाट ४ घण्टामा बेनी र त्यहाँबाट २ घण्टामा लोप्रे गाउँमा पुग्न सकिन्छ ।
यो गाउँबाट आँखै अगाडि धौलागिरि हिमाल, अन्नपूर्ण हिमाल र माछापुच्छ्रे हिमालका मनमोहक दृश्यहरू नियाल्न सकिन्छ ।
यही हिमाल हेर्नका लागि यहाँ टाढा-टाढाबाट पर्यटकहरू आउने गर्दछन् । यहाँ आउने पर्यटकहरूका लागि फाल्मे डाँडामा होमस्टे पनि सञ्चालन गरिएको छ ।
पर्यटकहरूका लागि भनेर सञ्चालन गरिएको उक्त होमस्टेमा राम्रो बासस्थानको व्यवस्था मिलाइएको छ ।
लोप्रे गाउँमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि लाटोकेसेरो तथा हुचिल महोत्सवको आयोजना गरिएको छ ।
दुई दिनसम्म चल्ने उक्न महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने महोत्सव आयोजना सक्रिय राजु आचार्यको भनाइ छ ।
हेर्नुहोस् तस्वीरहरू :
– यस समाचारको श्रोत : Online Khabar हो ।