Main

क्रिकेटको सबै फर्म्याटमा च्याम्पियन्न बन्न चाहन्छ अष्ट्रेलिया

२३ जेठ, काठमाडौं । अष्ट्रेलियाले गत वर्ष वर्ल्ड टेष्ट च्याम्पियनसिप र एकदिवसी विश्वकप जित्यो । क्रिकेटको सबै फर्म्याटमा च्याम्पियन बन्ने लक्ष्यसहित टी–२० विश्वकपको यात्रा सुरु गर्दैछ ।

समूह बीमा रहेको अष्ट्रेलियाले भोलि बिहान आफ्नो पहिलो खेल ओमानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बिहीबार बिहान सवा ६ बजे बार्बाडोसमा सुरु हुनेछ ।

सन् २०१० मा क्यारेबियन क्षेत्रमा टी–२० विश्वकप हुँदा अष्ट्रेलिया फाइनल पुगेको थियो । तर इंग्याण्डसँग पराजित हुँदै उपविजेतामा सीमित रह्यो ।

त्यसपछि लामो समय फाइनलमा पुग्न सकेन । २०२१ मा भने टी–२० विश्वकपको ट्रफी उचाल्यो । अर्को वर्ष घरेलु मैदानमा अष्ट्रेलियाले उपाधि रक्षा गर्न सकेन ।

त्यस टिमका धेरै खेलाडी अहिले पनि टिममा छन् र उनीहरू टी–२० विश्वकपको उपाधि जित्न चाहन्छन् ।

त्यसका लागि अष्ट्रेलियाको पहिलो खेलमा सामना गर्ने एसोसियट राष्ट्र आमोन तुलनात्मक रूपमा कमजोर टीम हो । त्यसमाथि पहिलो खेलमा नामिबियासँग पराजित भइसकेको छ । रोमाञ्चक खेलको सुपर ओभरमा ओमान चुकेको थियो ।

तर अष्ट्रेलियाको पनि तयारी भने पनि त्यति राम्रो छैन । कतिसम्म भने नामिबयाविरुद्ध वार्मअफ म्याचमा अष्ट्रेलियाका ९ खेलाडी मात्र उपलब्ध भएका थिए, जसका कारण त्यो खेलमा प्रशिक्षक र सेलेक्टरले नै खेल खेल्नुपर्‍यो ।

आईपीएल खेलेका खेलाडीहरू टिममा सामेल हुन ढिला भएका थिए । उनीहरुलाई भारतबाट बार्बाडोस पुग्न धेरै समय लाग्यो । क्यामरुन ग्रीनका अनुसार मिचेल स्टार्कलाई बार्बाडोस पुग्न ६० घण्टा लाग्यो । केहीको लगेज आउन ढिला भयो ।

सम्भावित टीम

मिचेल मार्शले ग्लोबल इभेन्टमा अष्ट्रेलियाको लागि पहिलो पटक कप्तानी गर्दैछन् ।

अष्ट्रेलियनको ओपनिङमाभेट्रान डेविड वार्नरसँगै ट्राभिस हेड ओपनिङमा हुनेछन् । कप्तान मिचेश मार्श तेस्रो नम्बरमा आउनेछन् । मिडल अर्डरमा ग्लेन म्याक्सवेलसँगै मार्कुस स्टोइनिस, टिम डेभिड र विकेटकिपर म्याथ्यु वेड हुनेछन् ।

टेष्ट टिम कप्तान प्याट कमिङ्ससँगै मिचेल स्टार्क र जोस हेजलउडले पेस अट्याक सम्हाल्दा एडम जाम्पा एक्लो स्पीनरको रुपमा हुनेछन् । जाम्पालाई स्पीनमा म्याक्सवेलले साथ दिनेछन् ।

ओमानले भने नामिबियाविरुद्ध खेलेकै खेलाडीलाई निरन्तरता दिने सम्भावना छ । कश्यप प्रजापती र नसिम खुशी ओपनिङमा र कप्तान अकिब वान डाउनमा हुनेछन् ।

पूर्व कप्तान जिसन मक्सुदसहित खादिल काइल, आयान खान रमोहमम्द नदिम मिडल अर्डमा हुनेछन् । बिलान खानसँगै कलिमुलल्ह नामिबिया विरुद्ध अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेका मेहरान खान सकिल अहमद बलिङ लाइनअपमा हुनेछन् ।

बिहीबारको खेलमा अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेल र ओमानका बलर बिलाल खान हेर्न लायक खेलाडीमा हुनेछन् । आईपीएलको यो सिजनमा उनको प्रदर्शन सोचेअनुसार छैन । तर देशका लागि खेल्दा उनको प्रदर्शन साँधै राम्रो हुने गरेको छ । बिलाल खानले भने ओमानको पेस अट्याक सम्हाल्नेछन् ।

ओमानका कप्तान अकिब इल्यासका अनुसार बलियो टोलीहरुविरुद्ध खेल्न खेलाडीहरु उत्साहित छन्, किनकी यस्तो खेलमा उनीहरुले गुमाउने केही हुन्न ।

क्रिकइन्फोको सहयोगमा

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button