खेल संघहरुलाई सदस्य सचिवको निर्देश : कार्यक्रमको मिति निर्धारण गर्नुस्

३० फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न राष्ट्रिय खेल संघलाई आफ्नो संघको कार्यक्रम (प्रतियोगितालगायत) को मिति निर्धारण गर्न मंगलबार निर्देशन दिएका छन् ।
विभिन्न खेल संघका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा चालु आवमा कार्यक्रम भएर पनि मिति निर्धारण नगर्ने संघका पदाधिकारीलाई यथाशीघ्र मिति निर्धारण गरी तयारीमा लाग्न निर्देशन दिएका हुन् ।
त्रिपुरेश्वरस्थित राखेपमा सदस्य सचिव घिसिङको अध्यक्षतामा बसेको बैठकमा अखिल नेपाल फुटबल संघ, नेपाल आर्चरी संघ, नेपाल जुडो संघ, नेपाल हक्की संघ, नेपाल रिङ रेस्लिङ संघ, अखिल नेपाल टेबलटेनिस संघ, नेपाल बक्सिङ महासंघ, नेपाल खो खो संघ, नेपाल रग्बी संघलगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थिति संघका पदाधिकारीले आ–आफ्ना कार्यक्रमबारे जानकारी गराएका थिए ।
बैठकमा सदस्य सचिव घिसिङले संघको पेश्की, बेरुजु, संघ नवीकरण र निर्वाचनलगायतका विषयमा पनि चासो व्यक्त गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।