Main

खैरो हेराइनसहित ललितपुरबाट २ जना पक्राउ

२७ चैत, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित ललितपुरको इमाडोलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ घर भएका ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका–९ घर भएका ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् ।

उनीहरुलाई अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पक्राउ गरेको हो ।

लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४१ ग्राम लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट १ थान तराजु र ४३ हजार रुपैयाँ नगद समेत बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button