Main

खैरो हेरोइनसहित एक जना समातिए

१६ मंसिर, काठमाडौं । अवैध लागुऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ छन् । उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । कुलबहादुरको  साथबाट २२३ ग्राम खैरो हेरोइन बरामद भएको ब्यूरोका प्रवक्ता जनकबहादुर शाहीले जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button