खोकनामा सिकाली जात्राको धूमधाम (तस्वीरहरु)

२२ असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ ।
सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् ।
दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको स्थानीय बताउँछन् ।
खोकनावासी दशैं मनाउँदैनन् । यो दशैंभन्दा पुरानो संस्कृति भएकाले यो जात्रा मनाएपछि दशैं मनाउन नभ्याएको उनीहरू बताउँछन् ।
खोकनाबासीले विभिन्न देवीदेवताको पूजापाठ र सामूहिक भोज खाएर सिकाली जात्रा मनाउँछन् । यहाँका बासिन्दा एकापसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।
यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वस्थानी व्रतकथामा आधारित रही देवी नृत्य गरेर मनाइन्छ ।
हेर्नुहोस् तस्वीरहरु :
– यस समाचारको श्रोत : Online Khabar हो ।