Main

गजलसंग्रह ‘लोरी’को काठमाडौंमा परिचर्चा

काठमाडौं । खिम केसीको गजल संग्रह ‘लोरी’को काठमाडौंमा परिचर्चा गरिएको छ । शनिबार काठमाडौंको सर्वनाम थिएटरमा साहित्यकार ज्ञानुवाकर पौडेल, कवि शीतल कादम्बिनी, संगीतकार सन्तोष श्रेष्ठले गजलमाथि चर्चा गरे ।

वक्ताहरुले गजलकार केसीका गजलहरु सुन्दर र सरल भएको बताए । केसीले कर्णालीमा बोलिने भाषामा लेखिएका गजल समेत कृतिमा समेटका छन् ।

कार्यक्रममा संगीतकार श्रेष्ठले कृतिमा भएका गजलको सांगीतिक प्रस्तुति दिएका थिए । गत असार २३ गते उक्त कृतिको दाङमा विमोचन गरिएको थियो । अमेरिकालाई कर्मथलो बनाएका केसी गीत, कविता र गजल लेख्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button