Main
पुलिसलाई हराउँदै चर्च ब्वाइज आहारारा गोल्डकपको सेमिफाइनलमा

१६ माघ, पोखरा । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।
पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।
दिपेन्द्र बल रोक्न पछि गइरहेका थिए भने शत्रुघन बल बचाउन अघि बढिरहेका थिए । तर उनीहरुको तालमेल अभावमा चर्च ब्वाइजका समिर तामाङले बल अघि बढाउँदै पेनाल्टी बक्समा पुर्याएर खाली पोष्टमा आरामले गोल गरे ।
चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार त्रिभुवन आर्मी एफसीसँग खेल्ने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।