Main

टम क्रुज अभिनित ‘मिसन इम्पोसिबल ८’को एक्सनप्रधान ट्रेलर सार्वजनिक

काठमाडौं । टम क्रुज स्टारर बहुप्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल ८’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार बेलुका यो फिल्मको ट्रेलर र पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको हो ।

मिसन इम्पोसिबल श्रृंखलाको यो आठौं भागको नाम ‘द फाइनल रेकोनिङ’ छ । यो फिल्म २३ मे, २०२५ मा प्रदर्शनमा आउने भएको छ । फिल्ममा क्रुजले इथन हन्ट नामक जासूसी पात्रको भूमिका निर्वाह गरेका छन्, जसले एआई सिर्जित प्रोग्राम द इन्टाइटीलाई रोकेर संसारलाई बचाउनुछ ।

हेर्नूस ट्रेलर :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button