Main
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान
११ माघ, गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २१ गतेका लागि आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम माघ २१ गते दिनको २ बजेदेखि आरम्भ हुनेगरी अधिवेशनको आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।