Main

अनलाइनखबरकर्मी पराजुलीलाई ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार’

१९ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी विजय पराजुलीले ‘सीजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१’ पाएका छन् ।

सहकारी पत्रकार समाज (सीजेएन) ले बुधबार १४औं स्थापना दिवसको अवसरमा पराजुलीलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

पराजुलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले २० हजार नगद सहित पुरस्कार प्रदान गरेका हुन् ।

पत्रकारिता माध्यमबाट सहकारी क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पराजुलीलाई सो पुरस्कार प्रदान गरिएको सीजेएनले जनाएको छ ।

बैंकिङ क्षेत्रमा कलम चलाउँदै आएका पराजुलीले पछिल्लो समय सहकारी क्षेत्रको बेथिति एवम् नीतिगत कमजोरीबारे खोजमूलक समाचार लेख्दै आएका छन् ।

सोही कार्यक्रममा संस्थाका संस्थापक मदन कोइराला पनि सम्मानित भएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button