Main
गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

१८ चैत, गुल्मी । गुल्मीमा माछा मार्नेक्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका–४ का २१ वर्षका सन्दीप कुमालको बडीगाड खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए ।
उनी शुक्रबार दिउँसो बडीगाड खोलामा माछा मार्नको लागि जाल हान्ने क्रममा अचानक खोलामा खसेका थिए । उनी खोलामा डुबेपछि सँगै गएका १५ बर्षका पवन कुमालले स्थानीयलाई खबर गरेर उद्धार गरेका थिए ।
अचेत अवस्थामा रहेका कुमाललाई उपचारको लागि लुम्बिनी प्रभास हस्पिटल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।