Main
गुल्मीमा स्वास्थ्य चौकी हिंडेका एक व्यक्ति मृत फेला

२१ वैशाख, गुल्मी । गुल्मीमा आमालाई औषधि लिन स्वास्थ्य चौकी हिंडेका एक पुरुष मृत फेला परेका छन् ।
मालिका गाउँपालिका वडा नम्बर-१ रातामाटा निवासी ४७ वर्षका लालबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा टोली खटिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।