Main

इन्स्टाग्राम पोस्टका ‘लाइक्स’को संख्या कसरी लुकाउने ?

सोसल मिडिया प्लटफर्ममा आउने लाइकहरुले हाम्रो मस्तिष्कमा डोपामाइन हर्मोनको उत्सर्जन बढाउने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

डोपामाइन हर्मोन आनन्दसँग सम्बन्धित छ र यसले हामीलाई खुसी तथा सन्तुष्टिको अनुभूति गराउँछ । त्यसैले हामीले आफुले सोसल मिडिया प्लाटफर्ममा गर्ने पोस्टहरुमा बढीभन्दा बढी लाइक आओस् भन्ने चाहन्छौं, जुन हाम्रो जीवनकै हिस्सा बनिसकेको छ ।

तर, यदि सोसल मिडियामा धेरै लाइक आएनन् भने हामीलाई दिक्क लाग्छ र हामी दु:खी बन्छौं । त्यसैले यस्तो अवस्थाबाट छुटकारा पाउनका लागि हामीले इन्स्टाग्रामका पोस्टमा आउने लाइकहरु लुकाउन सक्दछौं ।

तपाईंले आफ्नो इन्स्टाग्रामका कुनै पनि पोस्टमा आएका लाइक्सको संख्या लुकाउन सक्नुहुन्छ । पब्लिक र क्रिएटर अकाउन्टमा पनि यसरी लाइक्स लुकाउन सकिन्छ । साथै कुनै पोस्टमा आउने शेयरको संख्या पनि लुकाउन सकिन्छ ।

इन्स्टाग्राममा लाइक्सको संख्या लुकाउने प्रक्रिया निकै सरल छ । यसका लागि तपाईंले एउटा सामान्य सेटिंग्स परिवर्तन गरे पुग्दछ । तपाईंले वेब ब्राउजर, एन्ड्रोइड तथा आईओएस सबैमा यो सेटिंग्स राख्न सक्नुहुनछ ।

इन्स्टाग्राम पोस्टका लाइक्सको संख्या कसरी लुकाउने ?

Hide likes from existing posts

इन्स्टाग्राम पोस्ट तथा रील्सका लाइक्स संख्या नदेखिने बनाउने दुईवटा तरिका छन् । तपाईंले इन्स्टाग्राममा पोस्ट प्रकाशित गरिसकेपछि पनि लाइक्सको संख्या लुकाउन सक्ने मात्र होइन नयाँ पोस्ट गर्नुअघि नै उक्त सेटिंग्सलाई इनेबल गर्न सक्नुहुन्छ ।

प्रकाशित भईसकेको पोस्टका लाइक्स संख्या लुकाउने तरिका :

  • फोनमा इन्स्टाग्राम खोल्नुहोस् र लाइकको संख्या लुकाउन चाहेको पोस्टमा जानुहोस्
  •  सम्बन्धित पोस्टमा रहेको तिनवटा थोप्लोवाला मेन्युमा क्लिक गर्नुहोस्
  • त्यसपछि Hide like count to others अप्सन छान्नुहोस्
  • यति गरिसकेपछि उक्त पोष्टका लाइकको संख्या देखिन छाड्नेछ

नयाँ पोस्ट गर्दा लाइक लुकाउने तरिका :

Hide likes on Instagram

जब तपाईंले इन्स्टाग्राममा नयाँ पोस्ट शेयर गर्दै हुनुहुन्छ, त्यसबेला पनि तपाईंले सुरुमै लाइकको संख्या लुकाउन सक्नुहुन्छ । यसका लागि :

  • इन्स्टाग्राम खोल्नुहोस् र त्यसको Advanced settings  मेन्यूमा रहेको Hide count लाई इनेबल गर्नुहोस् ।

यति गरिसकेपछि अब तपाईं आफ्नो इन्स्टाग्रामका सामग्रीमा कति लाइक आउलान् भन्ने कुराको चिन्ता नगरिकनै इन्स्टाग्राममा रमाउन सक्नुहुनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button