Main

‘कान्तारा : च्याप्टर १’ आउँदो दशैंमा प्रदर्शन हुने

काठमाडौं । भारतीय अभिनेता ऋषभ शेट्टीको बहुप्रतीक्षित फिल्म ‘कान्तारा : च्याप्टर १’ आगामी दशैंमा प्रदर्शन हुने भएको छ । निर्माता हम्बेल फिल्म्सले प्रदर्शन मितिको घोषणा गरेको हो ।

जसअनुसार यो फिल्म दशैं छेकोमा २ अक्टोबर २०२५ मा आउनेछ । फिल्मको रोचक पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म रिलिजबारे जनाएका हुन् । यो प्रतीक्षित भारतीय फिल्मले यस्तो समयमा प्रदर्शन मितिको घोषणा गरेको छ जतिबेला कम्तीमा पाँचभन्दा बढी नेपाली फिल्मले प्रदर्शन गर्ने योजना बुनिरहेका छन् ।

आउने दशैंमा दीपकराज गिरीले एक फिल्म ल्याउने तयारी गरिरहेका छन् । विराज भट्टले पनि सोही मितिमा अर्को फिल्म ल्याउने चर्चा छ । सुशील पोखरेलको ‘परालको आगो’ पनि सोही मितिमा आउने बताइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button