Main

उच्च मूल्यबाट घट्यो सुन

४ जेठ, काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँ भाउ घटेको हो ।

बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ कम हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button