Main

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ ।

भारतमा उच्च शिक्षाका लागि अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र हब इन्टरनेसनल एजुकेसनका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकले हब इन्टरनेसनल एजुकेसनले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निम्ति आवश्यक वित्तीय दायित्व बहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ ।

शैक्षिक कर्जाका लागि हब इन्टरनेसनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थीले आवश्यक कागजातसहित बैंकको शाखा कार्यालयमा निवेदन दिनुपर्ने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button