Main

घट्न थाल्यो काठमाडौंको तापक्रम

काठमाडाैँ। काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ। दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो। काठमाडौं मात्रै नभएर देशभरकै तापक्रम घटिरहेको छ।

हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button