घाँसखेतीमा सम्भावना खोज्दै गुल्मीका गोकर्ण

२१ जेठ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ गहतेका गोकर्ण नेपालीले घाँसखेतीमा भविष्य खोज्न थालेका छन् । ग्यालेक्सी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर उनले ६ वर्षदेखि विभिन्न जातका घाँसका, जडीबुटी र फलफुलका विरुवा उत्पादन थालेका हुन् ।
नेपालीले सुुरुमा ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर बिउ तथा बिरुवा खेती सुरु गरेको बताए । सुरुमा आफ्नै घरको बाख्राका लागि घाँस खेती गरेका नेपालीले अहिले व्यवसायिक रुपमै लागिपरेका हुन् ।
नेपालीले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न अरुलाई पनि सन्देश दिन्छन् । २०७६ बाट ८० हजार रुपैयाँमा सुरु गरेको घाँस खेतीमा अहिले ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको उनले जानकारी दिए ।
उनले अघिल्लो वर्ष जेठ, असार, साउन र भदौमा घाँसको बिरुवाहरू गुल्मीसँगै नेपालका ५२ जिल्लामा पु¥याएको बताए । अघिल्लो वर्ष राम्रो माग भएपछि यो वर्ष घाँसका बिरुवा धेरै लगाएका छन् ।
नेपालीले अहिले बिरुवा इपील–इपील, राइखन्यु, किम्बु, कोइरालो, निमारो, टिमुर र नेपियर लगायत ८२ प्रकारका घाँस तथा जडीबुटी फलफूलका बिरुवाहरू छन् । उनले कुल १ सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन् ।
जसमध्ये ८० रोपनी गोकर्ण आफ्नैको हो । बाँकी ४० रोपनी जग्गा भाडामा छ । बिहानदेखि साँझसम्मको समय खेतबारीमा ब्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै त्यसको प्रयोगलाई बाख्रापालन समेत गरेका छन् ।
गोकर्णले सुरु गरेको घाँसका बिरुवा उत्पादनबाट रोजगारी समेत सिर्जना भएको छ । उनको फार्ममा दैनिक ८ जनाले प्रत्यक्ष काम पाएका छन् । उनले गाउँमा पशुपालन गर्दा पनि सहरबाटै आहारा आइरहेको देखेपछि घाँसखेती गर्ने सोच पलाएको बताए ।
ग्रामीण भेगका खेतबारीमा अहिले पनि परम्परागत खेती गर्ने चलन छ । मकै, धान, कोदो र गहुँ खेती भइरहेको आफ्नो खेतबारीमा घाँसका विरुवा उत्पादन गर्दासुरुमा गाउँले सबैले साथ नदिएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।