Main

आज पृथ्वी जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौं। आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ।

तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले बिभिन्न टुक्रामा बिभाजित तथा स–साना राज्य समेटेर बिशाल नेपालको परिकल्पना गरेका कारण उनीलाइ सदैव सम्झने गरिदै आएको छ।

आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उनका ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रमका साथ भब्य रूपमा मनाइदैँछ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button