‘चन्दु च्याम्पियन’ले तीन दिनमा कति कमायो ?

काठमाडौं । सुरुवाती व्यापार अपेक्षित रुपमा गर्न नसकेपनि कार्तिक आर्यन स्टारर बलिउड फिल्म ‘चन्दु च्याम्पियन’ले बक्स अफिसमा बिस्तारै गति बढाएको छ । फिल्मले शनिबार र आइतबार राम्रो कलेक्सन गरेको छ ।
शुक्रबार ४.७५ करोड भारुको ओपनिङ गरेको यो फिल्मले शनिबार झण्डै दोब्बर अर्थात् ७ करोड कमाएको छ । आइतबार कमाइमा बढोत्तरी गर्दै करिब १० करोड भारु कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाइ २१ करोड ७५ लाख भारु पुगेको छ ।
यसैगरी यो फिल्मले विश्वभर तीन दिनमा २८ करोडको कलेक्सन पार गरेको छ ।
कवीर खानले निर्देशन गरेको फिल्मले एक खेलाडीको संघर्षको कथा प्रस्तुत गर्छ । कार्तिकको शीर्ष भूमिका रहेको ‘चन्दु च्याम्पियन’मा विजय राज र भुवन अरोराको पनि मुख्य भूमिका छ । फिल्मलाई साजिद नाडियावाला र कवीर खानले निर्माण गरेका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।