Main

चन्द्रागिरिमा निःशुल्क सवारी प्रदूषण परीक्षण शिविर

१७ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले सवारीसाधनको निःशुल्क वायु गुणस्तर चेकजाँच शिविर चलाएको छ ।

चन्द्रागिरि नगरपालिकाले ट्राफिक सुरक्षा निकाय, सवारीसाधन प्रदूषण परीक्षण कार्यालय टेकुको सहकार्यमा त्रिभुवन पार्कको पार्किङ स्थलमा सवारी वायु गुणस्तर परीक्षण गरेको हो ।

उक्त शिविरमा निजी तथा सार्वजनिक सवारीसाधनको परीक्षण भएको थियो । दुई दिन गरी जम्मा १०० सवारीसाधन चेकजाँच गर्दा ५६ वटा सवारीसाधनले वायु गुणस्तर कायम गरेको पाइएको नगरपालिकाले जनाएको छ ।

जम्मा २६ वटा सवारी साधनले नियामानुसार शुल्क तिरी हरियो स्टिकर लिएका छन् । नगरपालिकाले १८ वटा सवारीसाधनलाई ३ महिनाभित्र सवारीको वायु प्रदूषण मापदण्डमा आउन निर्देशन गरेको छ ।

नगरपालिकाको वातावरण तथा विपद् शाखाका अनुसार अब नियमित रुपमा सवारीसाधनको प्रदूषण परीक्षण गर्ने र त्यसका लागि नगर प्रहरीलाई तालिम दिने योजना समेत अगाडि बढाएको जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button