Main
चर्चब्वाइजविरुद्ध पारोको कप्तानमा होण्डा

२९ साउन, काठमाडौं । एएफसी च्यालेन्ज कपको प्लेअफमा नेपालको चर्चब्वाइज क्लबविरुद्ध भुटानी क्लब पारोको नेतृत्व जापानी खेलाडी केसुके होण्डाले गरेका छन् । खेल दशरथ रंगशालामा भर्खरै सुरु भएको छ ।
चर्च ब्वाइजको कप्तानी अनन्त तामाङले गरेका छन् । चर्चब्वाइजमा धेरैजसो नेपाली राष्ट्रिय टिमका खेलाडी छन् । तर पारोमा भने धेरैजसो विदेशी खेलाडी छन् । तीमध्ये ५ जना जापानी खेलाडी नै छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।