Main

चर्च ब्वाइजले पारो एफसीसँग एएफसी च्यालेन्ज लिगको प्रारम्भिक छनोट खेल्ने

६ असार, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग विजेता  चर्च ब्वाइज युनाइटेटले भुटानी लिग विजेता क्लब पारो एफसीसँग एएफसी च्यालेन्ज लिग प्रारम्भिक छनोट खेल खेल्ने भएको छ ।

चर्च ब्वाइजले अगष्ट १३ मा पारो एफसीसँग खेल्ने भएको हो ।

सिंगल लेग नकआउट फम्र्याटमा हुने एस खेलको विजेता क्लब सुमह चरणको खेलको लागि छनोट हुनेछ ।

यस खेलमा जित हात पारे चर्च ब्वाइजले समुह चरणमा अफगानस्तानको अट्याक एफसी र किर्गिज गणतन्त्रको एफसी अबदिश अटासँग खेल्नेछ ।

सुमह चराणको खेलहरु भने अक्टोबर २६ र नोभेम्बर २ मा ‘होम एण्ड अवे ’ प्रणालीमा हुनेछ ।

समुह चरणमा छनोट भए चर्च ब्वाइज युनाइटेडले कम्तिमा पनि एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button