Main

चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित

काठमाडौं । प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन् ।

शनिबार आयोजित संस्थाको ४९ औं वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचनमा उनले अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गरे । शर्माले ४६ मत पाउँदा महर्जनले १०६ मत पाए ।

सदस्यहरुमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देबेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित छन् ।

आइतबार बस्ने नयाँ कार्यसमितिको बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतका पदमा मनोनित गर्ने जनाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button