Main

६ सिट निकालेर यतीले ल्यायो पोखराबाट एक घाइते

८ चैत, काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले बस दुर्घटनामा घाइते एक महिलालाई पोखराबाट बुधबार (७ चैत) मा सकुशल काठमाडौं ल्याएको छ ।

रुकुमबाट काठमाडौं आउँदै गरेको बस ६ चैतमा बाग्लुङमा दुर्घटना हुँदा ती महिला घाइते भएकी थिइन् । लगत्तै उनका आफन्तले थप उपचारका लागि पोखरा विमानस्थलबाट यतीको जहाजमा काठमाडौं ल्याउन खोजे पनि प्राविधिक कारण सम्भव नभएको यतीले जनाएको छ ।

७ चैतमा घाइते (बिरामी) को सम्पूर्ण प्रक्रिया पूरा गरी यतीले आफ्नो एउटा जहाजका ६ वटा सिट निकालेर स्ट्रेचर राख्न मिल्ने बनाइ ती घाइते महिलालाई सकुशल काठमाडौं ल्याएको जनाएको छ । बिरामीका साथमा आफन्त पनि थिए ।

‘बिरामी वा घाइते यात्रुका हकमा विशेष सहायताका लागि आवश्यक तयारी गर्न एयरलाइन्सलाई पूर्व जानकारी गराउनुपर्ने हुन्छ,’ यतीले बिहीबार जारी गरेको सूचनामा छ, ‘घाइतेको अवस्था हेर्दा सिटमा नभई स्ट्रेचरमा राखेर ल्यानुपर्ने देखिएकाले मंगलबारको उडानमा ल्याउन नसकिएको हो ।’

यतीका अनुसार घाइतेका आफन्तले ६ चैतमा अनलाइनबाट टिकट खरिद गरे पनि घाइतेको अवस्थाबारे एयरलाइन्सलाई विस्तृत जानकारी थिएन ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button