Main

एक वर्षमा भित्रियो २ हजार ६५१ किलो सुन

८ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा २ हजार ६५१ किलो सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार  कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ बराबरको सुन आयात भएको हो ।

गत आर्थिक वर्ष आयात भएको सुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा परिमाण कम हो भने रकम बढी हो । अघिल्लो आर्थिक वर्षमा २ हजार ९१६ किलो सुन आयात भएको थियो । सो वर्ष २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्यांक छ ।

सुनको मूल्य बढेकाले गत आर्थिक वर्ष परिमाणमा कम आयात हुँदा पनि खरिदमा बाहिरिएको रकम बढी हुन गएको हो ।

सोमबार तय भएको खुद्रा मूल्यअनुसार नेपाली बजारमा सुन प्रति १० ग्रामको भाउ १ लाख २५ हजार ४३० रुपैयाँ छ । वाणिज्य बैंकहरुले सुन आयात गरी बिक्रेतालाई बिक्री गर्दछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button